धनगढी । कैलाली र कञ्चनपुरका बिभिन्न स्थानबाट अबैध भन्सार छलिका करिब २ लाख ४७ हजार ७०१ रुपैया बराबरका सामान प्रहरीले प्रकाउ गरेको छ । धनगढी २ ट्राफिक चौराह, टिकापुर ८ कर्मीडाडाको भित्री सडक,भजनी ३ बाट ढुसीप्याज,चिनि,मिश्री,सुर्ती,बिडी,मसला,लेडिज टप्स, कुर्ति सेट,जन्तर,प्लाष्टिक झिल्ली, लगायतका सामान बरामद गरिएको छ । त्यस्तै मटेना, बेलौरी १ फटैया, ८ पचुई इट्टा भट्टा नजिक र कृष्णपुर ५ गुलरीयाबाट पेय पदार्थ, खद्यान्न, कट्टु, गन्जी, बिस्कुट, कुरकुरे, सुर्ती, पास्ता, कस्मेटिक सामान, माछा लगायतका सामानहरु गस्ती टोलीमा प्रहरी टोलीले सो मुल्य बराबरका सामान बरामद गरीएको जनाएको छ ।













