सवारी दुर्घटनामा बालकको मृत्यु
कैलाली । सवारी दर्घटनामा एक जना बालकको मृत्यु भएको छ । कैलाली, गौरीगंगा न पा १ गोप्का स्थित जिल्ला बाँके, नेपालगंज ७ बस्ने वर्ष २६ को शैलेन्द्र श्रेष्टले चलाएको बाप्र०२९०२८ प ४४६० नम्बरको मोटरसाईकलले पैदलयात्री गौरीगंगा नपा १ बस्ने लाल बहादुर बोहराको छोरा वर्ष अन्दाजी ९ को युबराज बोहरालाई ठक्कर दिँदा गम्भिर घाईते भई उपचारको क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको, हो । मोटरसाईकल र चालक प्रहरीले नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
















