धनगढी । कैलालीको धनगढीमा नमूना युवा संसद अभ्यास कार्यक्रम बुधबारदेखि सुरु भएको छ ।
प्रदेश युवा परिषद सुदूरपश्चिमको आयोजनामा सुरु भएको सो कार्यक्रमको सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै उनले देशको समग्र विकासका लागि युवाको भूमिका महत्वपूर्ण हुने बताए ।
पछिल्लो समयमा युवाशक्ती बिदेश पलायन हुने क्रम बढ्दै गएको बताउँदै उनले युवाले स्वदेशमै रोजगारीका अवसर सृजना गरेर आत्मनिर्भर बन्नुपर्ने बताए ।
प्रदेश प्रमुख मियाले युवाशक्ती अघि नबढ्दासम्म देशको विकास सम्भव नभएकाले युवाशक्ति नै अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
उनले नमुना युवा ससंद कार्यक्रमले युवामा उद्यमशीलता र नेतृत्व विकास गर्न सहयोग पुग्ने बताए ।
सुदुरपश्चिमका ९ वटै जिल्लाबाट युवा यहभागी कार्यक्रम ३ दिनसम्म चल्नेछ । प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुवँरले यसबाट भविश्यको सक्षम नेतृत्व उत्पादन हुने बिश्वास ब्यक्त गरे ।
सरकारले युवाहरुमा गरेको लगानी खेर नजाने बताउँदै उनले युवाका क्षेत्रमा लगानी बढाउन आग्रह गरे ।
धनगढीमा नमूना युवा संसद अभ्यास कार्यक्रम सुरु
धनगढीमा नमूना युवा संसद अभ्यास कार्यक्रम सुरु
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













