कैलाली । माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका पूर्वनेता खगराज भट्टलाई संसदीय दलका नेताभन्दा माथि राख्ने निर्णय भएको छ ।
बिहीबार बसेको संसदीय दलको बैठकले भट्टलाई दलको नेताभन्दा माथि राख्ने निर्णय गरेको सांसद रमेश सिंह धामीले जानकारी दिए ।माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका भट्टलाई माघ १२ गते बहुमत सांसदले हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता बनाएका थिए । त्यसयता उनी असन्तुष्ट रहँदै आएका थिए ।उसो त फागुन १६ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सुदूरपश्चिम इन्चार्जको समेत जिम्मेवारी नदिएपछि उनी थप रुष्ट भएका थिए ।
खगराज भट्टलाई संसदीय दलका नेताभन्दा माथि राख्ने
खगराज भट्टलाई संसदीय दलका नेताभन्दा माथि राख्ने
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













