धनगढी- नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोख्रेलले पत्रकारले व्यवसायिक पत्रकारितामा दक्षता बढाउन आवश्यक रहेको बताएका छन् । आज धनगढीमा आयोजित प्रेस सन्टर नेपाल सुदूरपश्चिम प्रदेश समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले पत्रकारले सीपको विकास गर्नुका साथै समय अनुसारको प्रविधी मैत्री समेत हुन पर्ने धारणा राखे । उनले भने ‘पत्रकारले आफ्नो सीप विकास पनि गर्दै लैजानु पर्छ । सीप विकास भएपछि मात्रै अझ बढी सञ्चार क्षेत्रबाट जनतालाई सुसुचित गर्न सकिन्छ ।’
पत्रकारले खोजमुलक पत्रकारितामा आफ्नो दक्षता बढाउनु पर्ने उनको भनाइ छ । त्यस्तै उनले संगठन विधिबाट चल्नुपर्ने बताए । उनले भने ‘जुन संगठन विधि र पद्धतिबाट चल्न सक्दैन त्यो संगठन अगाडि बढ्न सक्दैन् । अगाडि बढ्न विधि र पद्धतिमा चल्नु पर्छ । यहाँहरु विधिमा चल्नु भएको छ यो राम्रो कुरा हो ।’













