कैलाली । प्रहरीले कैलाली र कञ्चनपुरबाट लागु औषध सहित मानिस प्रकाउ गरेको छ । प्रहरीले कैलालीस्( प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उ।म।न।पा। ३ भन्सार ब्यारेलबाट शंका लागि चेकजाँच गर्दा जिल्ला बैतडी, पाटन नगरपालिका ८ बस्ने बर्ष २२ को गणेश महरालाई २ ग्राम ८०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिई, थप अनुसन्धान भईरहेको जनाएको छ ।
त्यस्तै नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भिमदत्त १ शिबमन्दिर नजिकबाट बेदकोट ६ बस्ने बर्ष २९ को निरज चौधरी, ८ बस्ने बर्ष २१ को अकबर डगौरा र बर्ष २१ को सुमित चौधरीलाई शंका लागि चेकजाँच गर्दा ०।०६ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित निरज डगौरा र अकबर डगौरालाई नियन्त्रणमा लिईएको, सुमित चौधरी घट्ना स्थलबाट फरार रहेकोले सुमित चौधरीको घरमा गइ चेकजाँच गर्दा २।२६ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको निजको खोजतलास भइरहेको, प्रहरीले जनाएको छ ।
अबैध लागू औषध सहित मानिस पक्राउ
अबैध लागू औषध सहित मानिस पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













