धनगढी- अविरल वर्षाका कारण सुदूरपश्चिमका केही स्थानमा पहिरो जाँदा यात्रुलाई सास्ती भएको छ । लगातारको बर्षाले अछामको साँफे–मार्तडी सडक अबरुद्ध भएको छ । प्रहरीले अबरुद्ध सडक खुलाउने प्रयास गरिहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सुचना अधिकारी एवं एसएसपी डिल्लीराज बिष्टले निशाना न्युजलाई जानकारी दिए ।
त्यस्तै बैतडीको खोडपे–श्रीभाबरमा पहिरो जाँदा सडक अबरुद्ध भएको उनले बताए । दार्चुलाको शैलेशिखरमा पहिरो जाँदा सडक अबरुद्ध भएको छ भने सेती नदीको बहाव बढ्नाले बैतडीको सिगास गाउँपालिकाको ढुङ्गाड क्षेत्रमा बसोबास गरेका १ सय घरपरिवार विस्थापित हुन पुगेको उनले बताए । उनीहरुलाई प्रहरीले अन्यन्त्र सार्ने काम भइरहेको एसएसपी बिष्टले बताए । ‘बर्षाका कारण तराई क्षेत्रमा कुनै क्षति भएको छैन’ उनले भने ‘कैलालीको भजनी नगर क्षेत्रमा आंशिक डुबान भएको छ ।’ प्रहरीले अवरुद्ध सडक खुलाउने काम गरिरहेको उनले बताए । आज दिउँसोसम्म सबै सडक खुलाइ सक्ने उनले बताए ।













