कैलाली । पहिरो खस्दा ढुङ्गा लागी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुरा, पर्शुराम ३ बुङा बस्ने बर्ष ५६ को नवराज पनेरु रहेका छन । ४ र ५ जना खानेपानीको मुहान सफा गर्न भनि गएकोमा सोही ठाउको भातगडा स्थित खानेपानीको मुहान सफा गर्ने क्रममा माथिबाट पहिरो खसि पनेरुको खुट्टा र ढाडमा ढुङगाले चोट लागी घटनास्थलमै मृत्यु भएको, हो । सो सम्बन्धमा इलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.













