काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कांग्रेस एमालेको समीकरणले मुलुकलाई स्थिरता नदिने दाबी गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सापकोटाले राजनीतिक स्थिरता र संविधान संशोधन गर्ने भनेर कांग्रेस एमालेले समीकरण बनाउन खोजे पनि त्यस्तो सम्भावना नभएको बताएका हुन् ।
‘उहाँहरूले राजनीतिक स्थिरता दिने र संविधान संशोधन गर्ने भनेको सुनियो’, उनले भने, ‘संसदीय अभ्यासले ठुलो दलले सरकारको नेतृत्व गर्ने र दोस्रो ठुलो दल वेटेङि गभर्नमेन्ट अर्थात प्रमुख प्रतिपक्षमा बसेर भूमिका खेल्ने ।
तर संसद्ले यो लय त सुरुका दिनदेखि नै बिगारेको हो । त्यसैले उहाँहरूले अहिले जे भन्नुभएको छ यसका पछाडि स्थिरता दिने कुनै पनि गुञ्जायस देखिँदैन ।
’नेता सापकोटाले कांग्रेस एमालेले अपारदर्शी समझदारी गरेको भन्दै दुई दलका बीचमा अझै त्यो समझदारी आधिकारिक रूपमा नआएको भन्दै नेताहरूको मिडिया ट्रायल हो वा के हो रु भनेर प्रश्न गरे ।
उनले वेचन झाको गिरफ्तारी र तथ्यहरू सार्वजनिक हुँदै गएपछि कांग्रेस एमालेले डुङ्गा प्वाल परेको देखेको बताए ।
‘५० को दशकमा तपाईंहरु नै भन्ने गर्नुहुन्थ्यो कमल थापाहरूलाई डुङ्गा प्वाल पारेर भाग्नेहरू मुसा प्रवृत्तिका हुन् । डुङ्गा प्वाल पर्दा मुसा भाग्छ तर बहादुरहरूले सामना गर्छन् ।
साहसीहरुले सामना गर्ने हो’, उनले गिरीबन्धुको कालो धब्बाले छप्पकै छोपिएकाहरूले नैतिकता सिकाउन नमिल्ने बताए ।रातोपाटीबाट













