• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज १६, २०८३
☰
शुक्रबार, असोज १६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ५२ मिनेट 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ५ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

लोकप्रिय समाचार

  • १. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ३. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ४. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ६. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ७. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ८. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

  • ९. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • १०. अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

बाढीबाट विस्थापितहरु राजमार्गमा बस्न बाध्य

  •   मङ्गलबार, असार २६, २०८१ मा प्रकाशित

धनगढी- भजनी नगरपालिका–८, सोनाफाँटाका फग्गा चौधरी परिवारसहित हुलाकी राजमार्गको सडकमा त्रिपाल टाँगेर बसिरहेका छन् ।
अविरल वर्षाले नदीमा आएको बाढी बस्ती पसेपछि आइतबार बेलुकी उनी पाँचजनाको परिवारसहित गाइबस्तु लिएर हुलाकी सडकमा सरेका हुन् । राजमार्गमा आएदेखि घर पस्न नपाएका उनी घरभित्र बाढीले कति क्षति ग¥यो भन्ने चिन्तामा छन् । तत्काल आवश्यक केही खाद्यान्न, लुगाफाटो र खाना बनाउन भाडाकुडीबाहेक सबै सामान घरभित्रै रहेको उनले बताए ।

‘बस्ती पूरै जलमग्न छ, बाढी नघट्दासम्म घर फर्कन सकिदैन’ उनले भने, ‘ज्यान जोगाउनका लागि भए पनि दुखसुख गरेर सडकमा बसिरहेका छौँ ।’ बाढीका कारण विस्थापित भजनी–८, खल्लाटोलका देवीकला भण्डारीको परिवार पनि हुलाकी सडकमै बसिरहेको छ । घरबाट ल्याएको अन्न सडकमै पकाएर छाक टारिरहेको उनले बताइन् । ‘सडकमा खाना बनाउन अफ्ठेरो हुन्छ, त्रिपाल पुरानो छ, धेरै पानी पर्दा चुहिन्छ’ भण्डारीले भनिन्, ‘बालबच्चा लिएर सडकमा बस्दा हामीलाई धेरै समस्या भएको छ ।’

डुवानबाट प्रभावित वृद्धवृद्धा, बालबालिका, अशक्त र एकल महिलालाई गाउँ नजिकै रहेको सुरक्षित घर (सेफ हाउस) मा सारिएको उनले बताइन् । तीनदेखिको अविरल वर्षाका कारण आएको बाढीबाट भजनी नगरपालिकाका विभिन्न वडामा दर्जनौँ परिवार विस्थापित भएका छन् । उनीहरु हुलाकी राजमार्ग, स्थानीय विद्यालय र बाढीका बेला विस्थापितलाई बस्न सरकार र गैरसरकारी संस्थाले बनाएका सुरक्षित घरमा बसिरहेका छन् । विस्थापितले कुनै पनि प्रकारको राहत पाउन सकेका छैनन् । ‘सहयोगका नाममा कसैले पिउने पानीसमेत दिएको छैन, कसैले घरबाट अन्न बोकेर बोकेर ल्याएको अन्न पकाएर छाक टारिरहेका छन्’ हुलाकी सडकमै बसिरहेका बाढीपीडित गणेश बिकले भने, ‘अन्नपात बोक्न नपाएकाहरुलाई आफन्तले खानेकुरा पकाएर दिइरहेका छन् ।’

No description available.

वर्षाको पूर्वसूचनाले बाढीबाट धेरै क्षति भने हुन नपाएको उनले बताए । विस्थापित भएकाहरुले पनि आवश्यक खाद्यान्न, लुगाफाटो बोकेका उनले बताए । वडा नम्बर ८ का धेरैजसो बस्ती पथरैया, मोहना र काँडा नदीले तीनतिर घेरिएका छन् । बर्खामा नदीमा बाढीको सतह बढेपछि बस्ती डुवानमा पर्छन् । तीन दिनदेखि विस्थापित भजनी–५, लालबोझीकी कोफिला कडायतले पनि राहत नपाएको गुनासो गरिन् । उनले परिवारका १२ जनामध्ये आधा हुलाकी सडकमा र आधा आफन्तको घरमा आश्रय लिइरहेको बताइन् । आफन्तले नै खाना बनाएर दिइरहेको उनले बताइन् । ‘बाढीले पुरै जलमग्न भएकाले घर जान सकिएको छैन’ कडायतले भनिन्, ‘हरेक बर्खामा बाढीले समस्या भोग्नु पर्छ, जाने ठाउँ पनि छैन । भजनी नगरपालिकाले सोमबार बेलुकीसम्म तीन सय १३ परिवार विस्थापित अवस्थामा रहेको जनाएको छ । नगरपालिकाको विपद व्यवस्थापन शाखा प्रमुख विष्णुराज न्यौपानेले वडाध्यक्षसहित स्थानीय जनप्रतिनिधिबाट संकलित विवरणअनुसार नौवटै वडामा तीन सय १३ परिवार विस्थापित भएर हुलाकी सडक, उँचो घर, विद्यालय र डुवानमा नपरेका आफन्तकहाँ बसिरहेका बताए ।

उनले कतिपय ठाउँमा विस्थापितलाई खानेपानी दिनेबाहेक अन्य राहत दिन नसकिएको बताए । वडा नम्बर १ ५ र ८ का अधिकांश बस्ती डुवानमा परेपछि सुरक्षा निकायले डुङ्गा चलाएर उद्दार गरेको नगरपालिकाले जनाएको छ । विस्थापितको संख्या ठूलो भएकाले नगरपालिकाले एक्लैले राहत दिनसक्ने अवस्था नरहेको नगर प्रमुख केवल चौधरीले बताए ।

बाढीले कैलारी गाउँपालिकामा दुई सय १८ परिवार प्रभावित भएका छन् । गाउँपालिकाको विपद व्यवस्थापन शाखा प्रमुख भुवन बखरियाले प्रभावितहरु सोमबार दिउँसोपछि घर फर्किएको बताए । कैलारी–५, मनिकापुरमा बाढीमा फसेका १० जनालाई शसस्त्र प्रहरीले आइतबार राती डुङ्गाबाट उद्दार गरेको थियो । टीकापुर नगरपालिकाका मेयर रामलाल डगौराले नगरमा बाढीपीडित ६० परिवार सोमबार बेलुकी घर फर्केका बताए । जिल्ला प्रशासन कार्यालय कैलालीले भने आइतबार राती भएको भीषण वर्षाका कारण जिल्लाभरि करिब साढे तीन सय परिवार विस्थापित भएका जनाएको छ ।

No description available.

नदी, खोलाहरुमा आएको बाढीले बस्ती डुवानमा परेपछि भजनी नगरपालिका र कैलारी गाउँपालिकाका विभिन्न बस्तीमा सुरक्षाकर्मीले डुङ्गा चलाएर पीडितको उद्दार गरेका थिए । नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्दारमा खटिएको थियो । बाढीबाट साढे तीन सय परिवार विस्थापित भएकोमा सोमबार बेलुकीसम्म करिब ८८ परिवार घर फर्कन नसकेका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनका अनुसार विस्थापितमध्ये अधिकांश भजनीका छन् ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले भजनी नगरपालिकामा केही परिवारबाहेक विस्थापित सबै घर फर्केका जानकारी आएको बताए । प्रभावित क्षेत्रमा सोमबार अनुगमन गरेका उनले भजनीमा हुलाकी सडकमा त्रिपालहरु राखेका देखिए पनि मान्छे भने नभेटिएका बताए । ‘सडकमा पालहरु राखिएका थिए, हामी जाँदा मान्छे थिएनन्’ उनले भने, ‘वर्षा रोकिएर पानी घटेपछि धेरै परिवार घर फर्केका छन् ।’

विस्थापितलाई खान र बस्नको व्यवस्थापन गर्न स्थानीय तहलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए । उनले तीनवटै सुरक्षा निकाय रातभर बाढीपीडितको उद्दारमा खटिएको उल्लेख गर्दै संभावित विपद्मा खटिन सुरक्षा निकाय तयारी अवस्थामा राखिएको बताए । ‘स्थानीय तहहरुलाई पीडितले भोकभोकै बस्नुपर्ने अवस्था नहोस् भनेका छौँ’ उनले भने, ‘स्थानीय तहले माग गरे प्रशासनले पनि राहतमा सहयोग गर्छ ।’

 

मङ्गलबार, असार २६, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भन्सार छलीका सामानसहित एक जना पक्राउ
कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ
समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
कांग्रेस इतर पक्षको वडा अधिवेशन : कैलाली-५ का ११ वडामा नेतृत्व टुंगियो
कस्तो रहला आजको मौसम ?
धनगढीमा जेई खाेप अभियान :५५ हजार१०५ जनाले लगाए खोप

समाचार

सबै

भन्सार छलीका सामानसहित एक जना पक्राउ

कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ

कांग्रेस इतर पक्षको वडा अधिवेशन : कैलाली-५ का ११ वडामा नेतृत्व टुंगियो

भन्सार छलीका सामानसहित एक जना पक्राउ

कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ

कांग्रेस इतर पक्षको वडा अधिवेशन : कैलाली-५ का ११ वडामा नेतृत्व टुंगियो

विशेष

सबै
समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ५२ मिनेट 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ५ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

  • १.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ३.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

  • ४.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ५.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

  • ६.
    सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.