धनगढी- कैलालीमा अलग–अलग स्थानमा अचेत अवस्थामा फेला परेका दुई पुरुषको मृत्यु भएको छ । मंगलबार लम्कीचुहा नगरपालिका–५ का ५१ वर्षीय सागर विक बाटोमा अचेत अवस्थामा फेला परेका थिए ।
उनलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उपचारको लागि स्थानीय अस्पताल भल्का लगेकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
त्यस्तै मंगलबार लम्कीचुहा नगरपालिका–३ खैरेनीस्थित रानीजमरा कुलरिया सिँचाई आयोजनाको नहरको माथि नाम, थर, वतन नखुलेका अन्दाजी ५५÷५६ वर्षीय पुरूष अचेत अवस्थामा फेला परेकोमा इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले निजको उद्दार गरि उपचारको लागि लाल रत्न अस्पताल लम्की लगेकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।













