धनगढी । कैलालीमा प्रहरीले लागु औषध सहित मानिस पक्राउ गरेको छ । मंगलबार साँझ इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, टीकापुर ९ खग्रौला स्थित चेक पोष्ट नजिक सडक खण्डबाट पैदल हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा जिल्ला बर्दिया, राजापुर २ बस्ने वर्ष १९ को किशोर चौधरी र १८ बर्षिय किशोरको साथबाट ९०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरी प्रकाउ गरेको हो । सो लागु औषध सहित उनीहरुलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।













