दार्चुला । दार्चुलाको एक गेष्ट हाउसबाट जुवातास खेलिरहेको अबस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ गोप्य सूचनाको आधारमा जिल्ला दार्चुला, महाकाली ४ जिपपार्क स्थित बिरेन्द्र वन गेष्ट हाउसमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त गेष्ट हाउसको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रकाउ गरेको हो ।
उनीहरुको साथबाट नगद रु १,२२,४७० र २ गड्डी तास बरामद गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।













