धनगढी। कैलाली र कञ्चनपुरका बिभिन्न स्थानबाट ७२ हजार भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ । धनगढी ९
२ ब्यारेल र कैलारी गाउपालिका ४ धितरियाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु।५४,७६०।– बराबरको प्याज, साबुन, जुत्ता, पेन्ट, कुर्ती सुरवाल, गाडीको लुकिङ ग्लास, माछा, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।
त्यस्तै कञ्चनपुर, पुनर्वास १० बिकाशबस्तिबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु।२१,०००।– बराबरको माछा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नष्ट गरेको प्रहरीले जनाएको छ भने अन्य भन्सार छलिका सामान बरामद गरिएको जनाएको छ ।













