धनगढी- डोटीमा भिरबाट लडेर एक युवतीको मृत्यु भएको छ । बुधबार जिल्लाको दिपायल–सिलगढी नगरपालिका–९ मसुन्तोलाकी १७ वर्षीया रुपा साउदको भिरबाट लडेर मृत्यु भएको हो ।
साउदको मालेपडको जंगलमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
भिरबाट अन्दाजी १०० मिटर तल खसेर घाईते भएकी साउदलाई उपचारको लागि जिल्ला अस्पताल डोटी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।













