• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • ५ घण्टा 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन: अध्ययन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ७. धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

तीन वर्षमा सडक दुर्घटनामा त्रिचालिसको मृत्यु

  •   आइतबार, कार्तिक ०४, २०८१ मा प्रकाशित

बैतडी- कञ्चनपुरबाट बैतडीको पुर्चौडी जाँदै गरेको बस असोज २९ गते डडेलधुराको खस्रेखानमा दुर्घटना हुँदा बैतडीका एक शिशुसहित एकै परिवार चार गरी पाँच जनाको मृत्यु भयो । दुर्घटनामा १२ जना गम्भीर घाइते भएका छन् । यस्तै प्रकृतिका २० वटा सडक दुर्घटनामा बैतडीमा गएको तीन वर्षमा ४३ जनाको अकालमै मृत्यु भएको छ भने ११५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्याङ्क अनुसार वर्ष २०७८र७९ मा पाँच वटा सवारी दुर्घटनामा परी ११ पुरुष, चार महिला गरी १५ जना, २०७९र८० मा पनि पाँच वटा सवारी दुर्घटनामा तीन पुरुष, ११ महिला गरी १४ जना, २०८०र८१ मा सात वटा दुर्घटनामा छ जना पुरुष र एक महिला गरी सात जना र चालु आव २०८१र८२ को साउनदेखि कात्तिक २ गतेसम्म जिल्लाभित्र तीन वटा र छिमेकी डडेलधुराको सिमानामा भर्खरै भएको बस दुर्घटनामा पाँच जना गरी सात जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक जनकराज ढुङ्गानाका अनुसार साँघुरो सडक संरचना, सवारी चालक अनुमतिपत्र नभई सवारी हाँक्ने प्रवृत्ति, मादक पदार्थ र लागुऔषध सेवन, क्षमताभन्दा बढी यात्रु बोक्ने र पुनारो सवारीसाधनका कारण बढी दुर्घटना हुने गरेका छन् । स्थानीय तहले सडक डिभिजन कार्यालयसँग समन्वय नगरी हचुवामा निर्माण गरेका ग्रामीण सडक दुर्घटनाका कारण बने पनि यो विषयमा सरोकारवाला निकायको ध्यान जान सकेको छैन ।

साँघुरा सडक चौडा पार्ने नाममा २० करोडका सडक बार (स्टिल क्रस ब्यारियर) भत्काइएको छ । सडकको मोड सुधार गर्ने नाममा दशरथचन्द लोकमार्ग, जयपृथ्वी र महाकाली लोकमार्गमा लगाइएका स्टिल बार र कालोपत्रे भत्काउँदा दुर्घटनाको थप जोखिम बढेको छ । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विश्व बैङ्कको सहयोगमा २०७४ सालमा बैतडीको दशरथचन्द लोकमार्ग, बझाङको जयपृथ्वी लोकमार्ग र दार्चुलाको महाकाली लोकमार्गमा स्टिल बार लगाउने काम भएको थियो ।

बैतडीको खोड्पेदेखि बझाङ सडकखण्डको १०६ किमिमध्ये दुर्घटना बढी हुने ११।४५ किलोमिटर, बैतडीको सतबाँझ–झुलाघाट सडकखण्डको ३७ किलोमिटरमध्ये ४।७९ र बैतडीको सतबाँझ–गोकुलेश्वर–दार्चुला सडकखण्डको १२६ किलोमिटरमध्ये १०।३३ किलोमिटर क्षेत्रमा स्टिल बार लगाइएको थियो । सडक चौडा पार्ने नाममा अहिले अधिकांश ठाउँका सडक बार भत्काइएका छन् । सडक चौडा पार्ने नाममा बैतडीको खोड्पे–बझाङ सडकखण्डको सडक बार मात्रै नभई यसअघि २०६६ सालमा गरिएको कालोपत्रेसमेत भत्काइएको पाटन नगरपालिका–८ का वडाध्यक्ष हरिश विष्टले बताए ।

घाइतेको उपचार गर्ने केन्द्र अलपत्र

जिल्लाको बढी दुर्घटना हुने सडक क्षेत्रका रूपमा रहेको बैतडीको खोड्पे–बझाङ सडकखण्डलाई ध्यान दिएर घाइतेको आकस्मिक उपचारका लागि निर्माण हुने भनिएको आपतकालीन उपचार केन्द्र (ट्रमा सेन्टर) बजेट नहुँदा अलपत्र परेको छ ।

बैतडी, बझाङ र डडेलधुराको सीमाक्षेत्र खोड्पेमा ट्रमा सेन्टर सञ्चालनमा आए पहाडी क्षेत्रमा हुने सडक दुर्घटनाका घाइतेको उपचार गर्न सहज हुने लक्ष्यसाथ निर्माण सुरु भएको ट्रमा सेन्टर बजेट अभावकै कारण अलपत्र परेको विष्टले बताए । थप बजेट नआउँदा ट्रमा सेन्टरको निर्माण पूरा हुन सकेको छैन । ट्रमा सेन्टरका लागि २०७६ मा ५० लाख रुपियाँ बजेट आए पनि कोरोनाका कारण १५ लाख रुपियाँ फ्रिज भएको र त्यसपछि बजेट नआएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा संयोजक मदन महराले बताए । गाेरखापत्रबाट

  • सडक दुर्घटना
आइतबार, कार्तिक ०४, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर
शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
कैलालीमा बोक्सीको आरोपमा महिलामाथि कुटपिट, चार जना पक्राउ
८ लाख ३८ हजार रुपैयाँभन्दा बढीका भन्सार छलीका सामान बरामद
नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन: अध्ययन
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

समाचार

सबै

धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह

कैलालीमा बोक्सीको आरोपमा महिलामाथि कुटपिट, चार जना पक्राउ

८ लाख ३८ हजार रुपैयाँभन्दा बढीका भन्सार छलीका सामान बरामद

धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह

कैलालीमा बोक्सीको आरोपमा महिलामाथि कुटपिट, चार जना पक्राउ

८ लाख ३८ हजार रुपैयाँभन्दा बढीका भन्सार छलीका सामान बरामद

विशेष

सबै
शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • ५ घण्टा 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन:

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.