• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १० घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

तीन वर्षमा सडक दुर्घटनामा त्रिचालिसको मृत्यु

  •   आइतबार, कार्तिक ०४, २०८१ मा प्रकाशित

बैतडी- कञ्चनपुरबाट बैतडीको पुर्चौडी जाँदै गरेको बस असोज २९ गते डडेलधुराको खस्रेखानमा दुर्घटना हुँदा बैतडीका एक शिशुसहित एकै परिवार चार गरी पाँच जनाको मृत्यु भयो । दुर्घटनामा १२ जना गम्भीर घाइते भएका छन् । यस्तै प्रकृतिका २० वटा सडक दुर्घटनामा बैतडीमा गएको तीन वर्षमा ४३ जनाको अकालमै मृत्यु भएको छ भने ११५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्याङ्क अनुसार वर्ष २०७८र७९ मा पाँच वटा सवारी दुर्घटनामा परी ११ पुरुष, चार महिला गरी १५ जना, २०७९र८० मा पनि पाँच वटा सवारी दुर्घटनामा तीन पुरुष, ११ महिला गरी १४ जना, २०८०र८१ मा सात वटा दुर्घटनामा छ जना पुरुष र एक महिला गरी सात जना र चालु आव २०८१र८२ को साउनदेखि कात्तिक २ गतेसम्म जिल्लाभित्र तीन वटा र छिमेकी डडेलधुराको सिमानामा भर्खरै भएको बस दुर्घटनामा पाँच जना गरी सात जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक जनकराज ढुङ्गानाका अनुसार साँघुरो सडक संरचना, सवारी चालक अनुमतिपत्र नभई सवारी हाँक्ने प्रवृत्ति, मादक पदार्थ र लागुऔषध सेवन, क्षमताभन्दा बढी यात्रु बोक्ने र पुनारो सवारीसाधनका कारण बढी दुर्घटना हुने गरेका छन् । स्थानीय तहले सडक डिभिजन कार्यालयसँग समन्वय नगरी हचुवामा निर्माण गरेका ग्रामीण सडक दुर्घटनाका कारण बने पनि यो विषयमा सरोकारवाला निकायको ध्यान जान सकेको छैन ।

साँघुरा सडक चौडा पार्ने नाममा २० करोडका सडक बार (स्टिल क्रस ब्यारियर) भत्काइएको छ । सडकको मोड सुधार गर्ने नाममा दशरथचन्द लोकमार्ग, जयपृथ्वी र महाकाली लोकमार्गमा लगाइएका स्टिल बार र कालोपत्रे भत्काउँदा दुर्घटनाको थप जोखिम बढेको छ । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विश्व बैङ्कको सहयोगमा २०७४ सालमा बैतडीको दशरथचन्द लोकमार्ग, बझाङको जयपृथ्वी लोकमार्ग र दार्चुलाको महाकाली लोकमार्गमा स्टिल बार लगाउने काम भएको थियो ।

बैतडीको खोड्पेदेखि बझाङ सडकखण्डको १०६ किमिमध्ये दुर्घटना बढी हुने ११।४५ किलोमिटर, बैतडीको सतबाँझ–झुलाघाट सडकखण्डको ३७ किलोमिटरमध्ये ४।७९ र बैतडीको सतबाँझ–गोकुलेश्वर–दार्चुला सडकखण्डको १२६ किलोमिटरमध्ये १०।३३ किलोमिटर क्षेत्रमा स्टिल बार लगाइएको थियो । सडक चौडा पार्ने नाममा अहिले अधिकांश ठाउँका सडक बार भत्काइएका छन् । सडक चौडा पार्ने नाममा बैतडीको खोड्पे–बझाङ सडकखण्डको सडक बार मात्रै नभई यसअघि २०६६ सालमा गरिएको कालोपत्रेसमेत भत्काइएको पाटन नगरपालिका–८ का वडाध्यक्ष हरिश विष्टले बताए ।

घाइतेको उपचार गर्ने केन्द्र अलपत्र

जिल्लाको बढी दुर्घटना हुने सडक क्षेत्रका रूपमा रहेको बैतडीको खोड्पे–बझाङ सडकखण्डलाई ध्यान दिएर घाइतेको आकस्मिक उपचारका लागि निर्माण हुने भनिएको आपतकालीन उपचार केन्द्र (ट्रमा सेन्टर) बजेट नहुँदा अलपत्र परेको छ ।

बैतडी, बझाङ र डडेलधुराको सीमाक्षेत्र खोड्पेमा ट्रमा सेन्टर सञ्चालनमा आए पहाडी क्षेत्रमा हुने सडक दुर्घटनाका घाइतेको उपचार गर्न सहज हुने लक्ष्यसाथ निर्माण सुरु भएको ट्रमा सेन्टर बजेट अभावकै कारण अलपत्र परेको विष्टले बताए । थप बजेट नआउँदा ट्रमा सेन्टरको निर्माण पूरा हुन सकेको छैन । ट्रमा सेन्टरका लागि २०७६ मा ५० लाख रुपियाँ बजेट आए पनि कोरोनाका कारण १५ लाख रुपियाँ फ्रिज भएको र त्यसपछि बजेट नआएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा संयोजक मदन महराले बताए । गाेरखापत्रबाट

  • सडक दुर्घटना
आइतबार, कार्तिक ०४, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १० घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.