धनगढी । कैलालीमा भारी वर्षा भइरहेको छ ।
आज बिहानदेखि कैलालीमा भारी वर्षा भइरहेको हो । बिहानदेखि सुरु भएको वर्षा साझसम्म पनि रोकिएको छैन ।
वर्षाले धनगढीका धेरै जसो ठाउँ जलमग्न भएको छ । डुबान हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै मौसम पूर्वानुमान महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ ।













