धनगढी । कैलालीको धनगढीमा भारी वर्षाका कारण घरहरू डुवानमा परेका छ्न ।
सोमबार बिहानदेखिको वर्षाले धनगढीका विभिन्न क्षेत्रमा घर तथा पसल डुवानमा परेका हुन ।
धनगढीको मुख्य बजार क्षेत्रमा पनि घर तथा पसल डुवानमा परेका छन ।
धनगढी उपमहानगरपालिका-५ जाइमा घर तथा पसल डुवानमा परेको स्थानीयले बताएका छन् ।
दुवानले गर्दा सास्ती खेप्नु परेको स्थानीय बताउँछन । वर्षाले धनगढीसँग जोडिएको मोहन नदीमा पानीको सतह बढेको छ ।
पानीको सतह बढेकाले मोहना नदी आसपास क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको छ।















