धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन र परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
भारी वर्षापछि सुरक्षा निकायलाई यस्तो निर्देशन दिएका हुन ।
उनले भारी वर्षा भइरहेकाले सुरक्षित भएर बस्न सर्वसाधारणलाई अनुरोधसमेत गरेका छन् ।
उनले भनेका छन् ‘लगातारको भारी वर्षाका कारण कैलाली, कञ्चनपुर लगायत आसपासका क्षेत्रहरू जलमग्न भएका छन । बाढीबाट डुबान हुन सक्ने भएकोले विपत्तिको समयमा सुरक्षित भएर बस्नुहुन सर्वसाधारण सबैमा अनुरोध गर्दछु ।’
वर्षाले कैलाली कञ्चनपुरका विभिन्न क्षेत्रमा डुवान भएको छ । सथै जनजीवन प्रभावित भएको छ ।













