धनगढी । कैलालीमा चट्याङ लागेर एक जना महिला घाइते भएकी छ्न ।
सोमबार जिल्लाको धनगढी उपमहानगरपालिका-१९ लल्लिपुर बस्ने ६६ वर्षीया गुलियादेवी चौधरी चट्याङ लागेर घाइते भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
चौधरीको घर देखि १०० मिटर टाढा खेतमा धानको बीउ निकाल्ने क्रममा अचानक चट्याङ पर्न गई दाहिने खुट्टा, हात र ढाडमा चोट लागेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
घाइते चौधरीलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको उनले बताए ।













