धनगढी । कैलालीमा सर्पले टोकेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार गोदावरी नगरपालिका-१२ ओलानीका ४३ वर्षीय रामबहादुर बुढाको सर्पको टोकाइबाट सोमबार मृत्यु भएको हो।
सोमबार बिहान आफ्नै घर अगाडि नाम नखुलेको सर्पले दाहिने खुट्टामा टोकी घाइते भएका बुढाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए ।















