धनगढी । भारी वर्षाका कारण कैलालीका विभिन्न स्थानमा ४ सय ५५ घरधुरी प्रभावित भएका छ ।
सोमबार बिहानदेखिको निरन्तर वर्षाका कारण उक्त घरधुरी प्रभावित भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
वर्षाका कारन जिल्लाको धनगढी उपमहानगरपालिकाका-७ का ४ र वडा नं १३ का एक घरधुरी प्रभावित भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
उनका अनुसार धनगढी-७ का एक घरधुरी विस्थापित भएका छन् । त्यस्तै गोदावरी नगरपालिकाका-४ मा २ सय र वडा नं ५ मा २ सय ५० घरधुरी प्रभावित भएका छन् ।















