अछाम । अछाममा भवन निर्माण गर्ने क्रममा बिजुलीको तारबाट छतमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला अछाम साँफेबगर १४ पातलकोट बस्ने बर्ष ४१ को बिर बहादुर साउँद रहेका छन् ।
भवन निर्माण गर्ने क्रममा बिजुलीको तारबाट छतमा करेन्ट लागि भुईमा खसी घाईते भएको प्रहरीले जनाएको छ । घाईते भई उपचारको लागि न्याय हेल्थ अस्पताल बयलपाटामा लिएको र डाक्टरले चेकजाँच गर्दा उनलाई मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ईश्वरी प्रशाद भण्डारीले जानकारी दिए ।
प्रहरी चौकी चौखुट्टेबाट प्र.ना.नि.पदम सिहं साउँदको कमाण्डमा प्रहरी टोली खटिगएको र उक्त शव न्याय हेल्थ अस्पतालको शवगृहबाट पोष्टमार्टमको लागि जिल्ला अस्पताल मंगलसेन लगेको उनले बताए ।













