धनगढी । कैलालीबाट प्रहरीले लागुऔषध (अफिम)सहित ३ जनालाई पक्राउ गरेको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखडस्थित श्री पञ्चकोशी होटल एण्ड रेष्टुरेण्टबाट हुम्लाको सर्केगाड गाउँपालिका–५ बस्ने ३२ वर्षीय लोकेन्द्रबहादुर शाही, २७ वर्षका सालु शाही र रोल्पाको सुनछहरी गाउँपालिका–३ बस्ने ३२ वर्षीया पुर्णिमा पुन मगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुको साथबाट २ किलो ७ सय १४ ग्राम अफिम बरामद गरिएको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यलय सुखड र लागुऔषध नियन्त्रण व्युरोबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई सोमबार नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।













