कञ्चनपुर । कञ्चनपुरमा नालामा डुबेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको कृष्णपुर नगरपालिका–३ देखतभुली बस्ने ४० वर्षीय अशोक चौधरी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
चौधरी सोमबार राति घर नजिकै सडकको छेउमा रहेको नालामा लडेर डुबेपछि घाइते भएका थिए। प्रहरीका अनुसार उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको हो।













