धनगढी । कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका– १४ डि गाउँ बस्ने ३० वर्षीया रूपा चौधरीको करेन्ट लागेर गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमा लुगा सुकाउने क्रममा बिजुलीको तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएकी चौधरीको कैलाली अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।













