धनगढी । कैलालीमा पानीको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मंगलबार जिल्लाको धनगढी उपमहानगरपालिका-१२ सी गाँउ बस्ने राजु श्रेष्ठको ८ वर्षीय छोरा सिद्धार्थ श्रेष्ठको पानीको खाल्डोमा डुबेर मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
घर नजिकै रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा डुबेर घाइते भएका सिद्धार्थको उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।













