धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आवका लागि ल्याएको बजेट सर्वसम्मतिले पारित भएको छ । बुधबार बसेको प्रदेशसभाको बैठकले आगामी आवको बजेट सर्वसम्मतिले पारित गरेको हो ।
यही असार १ गते आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आगामी आव २०८२/८३ का लागि रु ३३ अर्ब ४७ करोड बराबरको बजेट प्रदेशसभामा प्रस्तुत गरेका थिए ।
प्रदेशसभामा ३ दिनसम्म चेलेको बजेटमाथिको छलफलमा भागलिने सत्ता तथा प्रतिपक्षका सांसदहरुले विरोध गरेका थिए ।
तर,बुधबार प्रदेशसभामा बजेट पारितका लागि मन्त्री थापाले राखेको प्रस्ताव भने सर्वसम्मतिले पारित भएको छ ।













