• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज २३, २०८३
☰
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ४. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ५. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ६. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ७. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ८. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ९. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • १०. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

विज्ञ प्रशिक्षकको सहयोगमा खेलकुद शिक्षक तयार गर्दै शुक्लाफाँटा नगरपालिका

  •   बुधबार, असार १८, २०८२ मा प्रकाशित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले विद्यालयस्तरीय खेलकुद गतिविधिलाई सशक्त र व्यावसायिक बनाउनका लागि माध्यमिक तहका खेलकुद शिक्षकलाई विशेषज्ञ प्रशिक्षकद्वारा प्रशिक्षण दिने कार्य अगाडि बढाएको छ ।

खेलकुद गतिविधिलाई प्रणालीगत, अनुशासित र व्यावसायिक बनाउने उद्देश्यले सामुदायिक विद्यालयका १३ तथा संस्थागत विद्यालयका छ गरी १९ जना शिक्षकको क्षमता अभिवृद्धि गर्न थालिएको हो । जिल्ला खेलकुद विकास समितिका वरिष्ठ प्रशिक्षक विमलबहादुर खडायत, प्रशिक्षक मोहनप्रताप गुरुङ, तर्कराज भट्ट, राष्ट्रिय भलिबल खेलका प्रशिक्षक जगदीशप्रसाद भट्ट, प्रदेश खेलकुद परिषद्का प्रशिक्षक रामचन्द्र जोशी र राष्ट्रिय खेलकुद परिषद्का खेल विज्ञ डा शिवराज भट्टले खेलकुद शिक्षकलाई प्रशिक्षण दिइरहेका छन् ।

“विज्ञ प्रशिक्षकहरुको टोलीद्वारा शिक्षकलाई सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिने कार्य भइरहेको छ”, नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत सुरेश भट्टले भने, “नगरस्तरमा आयोजना हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालगायत अन्य विद्यालयस्तरीय खेलकुदमा गुणस्तरीयता थप्ने अपेक्षा गरेका छौँ ।”

उनका अनुसार प्रशिक्षणका क्रममा सहभागी शिक्षकलाई कराते, तेक्वान्दो, कबड्डी, भलिबल, एथलेटिक्स र खेल विज्ञानसम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गर्ने कार्य भइरहेको छ ।

“विद्यालयमा खेलकुद कार्यक्रमलाई नियमित, गुणस्तरीय र समावेशी बनाउने उद्देश्यले शिक्षकलाई विज्ञ प्रशिक्षक द्वारा प्रशिक्षण दिने व्यवस्था मिलाएकाका छौँ”, शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख टिकेन्द्रराज भट्टले भने, “प्रशिक्षकहरूमार्फत शिक्षकले खेलकुदसम्बन्धीका सैदान्तिक र प्रयोगात्मक ज्ञानका कुरा सिक्ने अपेक्षा राखेका छौँ, प्रशिक्षण पाएका शिक्षकले विद्यार्थीको खेल कौशल र नेतृत्व विकासमा योगदान पु¥याउँछन् भन्ने विश्वास छ ।”

तालिमपश्चात् सहभागी शिक्षकद्वारा खेलकुदलाई विद्यालयको नियमित पाठ्यक्रमसँग जोड्ने योजना बनाइएको उनले बताए । विद्यालयस्तरमा खेलकुदलाई शिक्षाको अभिन्न अङ्गका रूपमा विकास गर्ने, स्वास्थ्य र अनुशासनको माध्यम बनाउने तथा राष्ट्रपति रनिङ शिल्डलगायतका प्रतिस्पर्धामा विद्यालयलाई प्रभावकारी रूपमा सहभागी गराउने उद्देश्यमा तालिम केन्द्रित रहेको उनको भनाइ रहेको छ ।

तालिमपश्चात् शिक्षकहरुले विद्यालयमा सप्ताहिक खेल तालिका बनाउने कार्यसँगै विद्यार्थीका लागि अभ्यास लगायतका कार्यक्रम प्रतियोगितको तयारीका लागि कार्य गर्ने उनले उल्लेख गरे । शिक्षकले तालिमबाट प्राप्त ज्ञान प्रयोग गरी साप्ताहिक खेल तालिका बनाउने, अभ्यास सत्र तथा प्रतियोगिता सञ्चालन गर्न सक्षम हुने उनी बताउँछन् । तालिमले विद्यालयमा खेलकुदको नियमितता र गुणस्तरीयता बढाउँने उनको बुझाइ रहेको छ ।

तालिममा सभागी शिक्षक कमलराज पाण्डेयले खेलका नियम, विधि, सर्त, विद्यार्थीलाई खेल सिकाउने विधि, उपकरणको उपयोग र खेल माध्यमबाट नेतृत्व तथा सहकार्य विकास गर्ने तरिकाबारे गहिरो जानकारी पाइएको बताए ।

“खेलकुदले बालबालिकाको शारीरिक स्फूर्ति, मनोबल, सहकार्य, अनुशासन, नेतृत्व र प्रतिस्पर्धात्मक भावना विकास गराउने भएकाले तालिम निकै उपयोगी रहेको छ”, उनले भने, “राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालगायतका कार्यक्रमको मापदण्डानुसार विद्यार्थी तयारी गराउन यस कार्यले निकै मद्दत पुर्याउँछ ।”

विद्यालयस्तरबाटै खेलमार्फत लुकेका प्रतिभा उजागर गर्न सकिने भएकाले खेल शिक्षकको क्षमता अभिवृद्धि गर्नमा जोड दिएको नगर प्रमुख रणबहादुर महरा बताउँछन् । उनले भने, “भविष्यमा पालिका, जिल्ला, प्रदेश र राष्ट्रिय स्तरसम्मका खेलाडी उत्पादन गर्न तालिम सहयोगी हुने विश्वास छ ।”

तालिममा सहभागी शिक्षकले खेल नियम, संरचना, तयारी विधि, विद्यार्थी मनोविज्ञान आदिबारे बुझ्न पाउने नगर उपप्रमुख कल्पना पन्तले बताए । उनले भने, “त्यसले गर्दा तालिमले उहाँहरुलाई अझै आत्मविश्वासी बनाउँछ ।” विद्यालयमा सक्रिय र गुणस्तरीय खेलकुद कार्यक्रम भएपछि अभिभावकको विद्यालयप्रतिको भरोसा बढ्ने उनले बताए ।

प्रशिक्षण कार्यक्रमले विद्यालयस्तरमा खेलकुदलाई ‘नैतिक, सामाजिक र शारीरिक शिक्षाको समिश्रण’ का रूपमा अघि बढाउने उल्लेख गर्दै उनले प्रशिक्षित शिक्षकको माध्यमबाट विद्यालयमा व्यवस्थित रुपमा खेलकुद कार्यक्रम सञ्चालन हुने आशा गरिएको बताए । खेल विज्ञान, मनोविज्ञान, अनुशासन र रणनीतिका बारेमा सिकेर शिक्षक अझ दक्ष तथा आत्मविश्वासी हुने अपेक्षा गरिएको उनको भनाइ छ । रासस

बुधबार, असार १८, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन
तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना
नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता
धनगढीको मट्यारी चोकमा ३८औँ हाइमास लाइट सञ्चालनमा
धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

समाचार

सबै

सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ४.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ५.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ६.
    डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.