धनगढी । कैलालीमा प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
बुधबार जिल्लाको धनगढी उपमहानगरपालिका -३ भन्सार ब्यारेल नजिक र भजनी नगरपालिका-७ हिक्मतपुरबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु.५५ हजार २६० बराबर सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त मूल्यका को चिनी, बिडी, सुर्ती, सरप, कुर्ती लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।













