धनगढी । अछामको साँफेबगर नगरपालिका–३ सिद्धेश्वर स्थायी घर भइ हाल काठमाडौंको अनामनगर बस्ने जगतबहादुर कुँवर हराएका छन् ।
उमेरले ५५ वर्षीय कुँवर यही असार १८ गते बिहान करिब ५ बजे काठमाण्डौँको अनामनगरबाट हराएको पारिवारिक श्रोतले जनाएको छ ।
जगतबहादुर कुँवरका भतिजा बमबहादुर कुँवरले भने ‘उहाँ असार १८ गते बिहानको हिँडाइका लागि निस्कनु भई सोपछि हालसम्म परिवार तथा कुनै साथीभाइसँग सम्पर्कमा आउनुभएको छैन ।’
जगतबहादुर पेसाले शिक्षक पनि भएको बमबहादुरले बताए । उनी अछामको साफेबगर नगरपालिका–३ को सरस्वती प्राविका शिक्षक रहेको जनाइएको छ ।
बमबहादुरले भने ‘यदि उहाँ (जगतबहादुर)लाई कसैले देख्नुभएको छ वा उहाँ कुनै व्यक्तिसँग सम्पर्कमा आउनुभएको जानकारी भएमा ९८४८६७१८९४,९८५८०५५३३०,९८४१५१३५७३, ९८६८५२०८७४ सम्पर्क गरि सहयोग गरिदिन अनुरोध गर्दछु ।’













