• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज २३, २०८३
☰
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ४. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ५. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ६. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ७. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ८. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ९. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • १०. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

बाख्रापालनका लागि साझेदारीमा व्यवस्थित खोर निर्माण

  •   बिहिबार, असार १९, २०८२ मा प्रकाशित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा बाख्रापालनका लागि साझेदारीमा सुरक्षित खोर निर्माण गरिएका छन् । कनेक्ट परियोजनाअन्र्तगत नगरपालिकाका छ वडाका २६ बाख्रापालक किसानका लागि साझेदारीमा खोर निर्माण गरिएको हो ।

सिमेन्टका पिल्लर, काठ, नट, बोल्ट, फलामका किला, जस्तापाता, तारजालीको प्रयोग गरी हिमालयन नेचर, नगरपालिका र किसानको संयुक्त साझेदारीमा सुरक्षित खोर निर्माण गरिएको छ ।

हिमालयन नेचरका कार्यक्रम संयोजक श्रीराम घिमिरेका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्र्तगत पर्ने सुनदेवी मध्यवर्ती समितिअन्तर्गत पर्ने नगरपालिकाका वडा नं १०, ६ र ७ मा गरी १३ र त्रिशक्ति मध्यवर्ती समितिअन्तर्गत पर्ने नगरपालिकाका वडा नं १, २ र ५ मा गरी १३ बाख्रापालनका लागि खोर निर्माण गरिएका छन् ।

“मध्यवर्ती क्षेत्रका किसानलाई व्यावसायिकरुपमा बाख्रापालनतर्फ डोर्याउनका लागि साझेदारीमा खोर निर्माण गरेका छौं”, उनले भने, “घरमै घाँसखेती गरी किसानले खोरमै सुरक्षित तरिकाले बाख्रपालनको कार्य गर्दै आएका छन् ।”

खोर निर्माणका लागि प्रति किसानलाई हिमालयन नेचरले २५ हजार, नगरपालिकाले १५ हजार, बाख्रापालक किसानले पाँच हजारसहित खोर निर्माणका लागि काठको व्यवस्था मिलाएको उनले बताए । काठ र अन्य सामग्री गरी प्रति खोर निर्माण गर्न दुई लाख बढीको खर्च आएको उनले उल्लेख गरे ।

नगरपालिकाको वडा नं ७ का बाख्रापालक किसान रमेश दमाईले निकुञ्ज नजिकैको बस्ती भएकाले चितुवा लगायतका जनावरले गोठबाटै तानेर बाख्रा खाइदिने गरकामा सुरक्षित र व्यवस्थित तरिकाले खोर निर्माण गरिएपछि बाख्रालाई जोगाउन सकिएको बताए ।

“खोरमा तारजालीको व्यवस्था गरिएको छ”, उनले भने, “चितुवा लगायतका हिंस्रक जनावरले बाख्रालाई अब नोक्सान पुर्याउन सक्दैनन्, सहज रुपमा बाख्रापालनको कार्य गर्न सकिने भएको छ ।” वडा नं १० का किसान बिरु चुनाराले परम्परागत गोठमा बाख्रालाई बाध्ने कार्य गरिँदा सरसफाइ गर्न निकै समस्या हुने गरेको बताए ।

“बाह्य परजिवीको त्यतिकै समस्या हुन्थ्यो”, उनले भने, “अहिले अग्लो तारजालीसहितको व्यवस्थित खोर निर्माण गरिएकाले बाख्राको मलमुत्र व्यवस्थापन गर्न सहज भएको छ, घाँस दानापानी खुवाउन सहज छ ।”

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष लवबहादुर विष्टले किसानलाई अनुदानमा खोर निर्माण गरिएपछि निकुञ्ज तथा सामुदायिक वन माथिको निर्भरता कम हुने बताए । खेतबारीमै किसानले घाँस उत्पादन गरी खोरमै बाख्रापालन गरी आम्दानी लिने भएकाले विगतको जस्तो वन क्षेत्रमा चराउनका लागि लैजानुनपर्ने उनको भनाइ थियो ।

नगर प्रमुख रणबहादुर महराले व्यवस्थित तरिकाले खोर निर्माण गरिएकाले खोर सफा, सुक्खा र हावा चल्ने भएकाले बाख्रालाई रोग कम लाग्ने, परजिवीको सङ्क्रमण कम हुने र चिसो÷तापबाट बचाउन सहयोग पुर्याउने बताए ।

“व्यवस्थित खोरले बाख्राको स्वास्थ्य सुदृढ हुन्छ”, नगर उपप्रमुख कल्पना पन्तले भनिन्, “आम्दानी बढने कार्यसँगै थोरै लगानीमा धेरै फाइदा दिने राम्रो उपायका रुपमा व्यवस्थित खोर रहेको छ ।” अनुदानमा खोर निर्माण गरेका किसानले सातदेखि १५ सम्म बाख्रापालनको कार्य गरेका छन् । बाख्रापालन गरी वर्षमा किसानले रु ७० हजारदेखि रु एक लाख २० हजारसम्म आम्दानी गर्दै आएका छन । रासस

बिहिबार, असार १९, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन
तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना
नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता
धनगढीको मट्यारी चोकमा ३८औँ हाइमास लाइट सञ्चालनमा
धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

समाचार

सबै

सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ४.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ५.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ६.
    डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.