काठमाडौं । भिडियो समाचार बनाएकै आधारमा नेपाल प्रहरीबाट साइबर अपराधको मुद्दा लगाइएका पत्रकार दिलभूषण पाठकसँग जिल्ला अदालत, काठमाडौंले २५ हजार धरौटी मागेको छ ।
नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई फरार प्रतिवादी बनाएर चलाएको साइबर अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश खेमराज भट्टको इजलासले २५ हजार धरौटी माग गरेको हो ।
उनको मुद्दाको थुनछेक ३१ नम्बर इजलासका न्यायाधीश खेमराज भट्टले गरेका थिए । उनलाई बयानपछि थुनछेक आदेशका क्रममा २५ हजार धरौटी मागिएको हो ।













