• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका शुक्लाफाँटाका भक्तबहादुर

  •   शुक्रबार, असार २०, २०८२ मा प्रकाशित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-७ जुडाका ४० वर्षीय भक्तबहादुर महरा काष्ठकलाको कार्यमा पोख्त छन्। काष्ठकलाका सामग्री बनाउने कार्य उनले तालिम लिएर सिकेका भने होइन। मोबाइलमा युट्युबमा राखिएका भिडियो हेर्दै काष्ठकलासम्बन्धीका सामग्री निर्माण गर्ने सीप सिकेका हुन्।

आठ कक्षामै पढ्दै गरेका बेला १७ वर्षको उमेरमै विद्यालय छाडेपछि काठको काममा उनी संलग्न भए। गाउँकै काठका फर्निचर बनाउने व्यक्तिसँग मजदुरका काम थालेका उहाँले एक–दुई वर्षमै हाउस डेकोरेसनको कार्य सिके।

‘हाउस डेकोरेसनको कार्यमा कहिले काम पाइन्थो, कहिले पाइँदैनथ्यो उनले भने, ‘गतिलो कमाई नहुँदा त्यो कार्य छाडने निधो गरेँ, मोबाइलमा काष्ठकलासम्बन्धीका युट्युबमा भिडियो हेर्ने र नयाँ कुरा सिक्ने उत्सुकता थियो, युट्युब हेर्दै काष्ठकलासम्बन्धीका कार्य गर्न थालेँ।’ कमाई हुने हाउस डेकोरेसनको कार्य छाडेर मोबाइल हेरेर के पो गर्न थाल्यो भनेर घरकाले नै नानाथरि कुरा सुनाउन थाले। बुबाले नै बहुलाउन थालिस कि क्या हो, बर्बाद हुने भयो भनेको कुरा उनी स्मरण गर्छन्।

आफन्तबाटै रकम सापटी लिएर काठ खरिद गरी काष्ठकलाका कार्यहरू उनी सिक्न थाले। युट्युबमा काष्ठकालाका कार्य गरेर गतिलो आम्दानी भएको उनी सुन्नु र हेर्ने गर्थे, त्यही हेरेर उनले सामग्री निर्माण गर्न सिकेका थिए तर व्यवसायलाई अगाडि बढाउने आवश्यक पुँजी भने उनीसँग थिएन। आफन्तसँग लिएको सापटी रकम विजयसालको काठ खरिद गर्नमै सिद्धिएको थियो।

व्यवसायलाई अगाडि बढाउन मेसिन खरिदसँगै आवश्यक औजार खरिद गर्ने पैसा थिएन। जहाँ इच्छा, त्यहाँ उपाय भनेझैँ महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको सम्पर्कमा पुगे। महराले काष्ठकलाका सामग्री बनाउने सीप भएको तर पुँजी नभएको कुरा सहकारीका पदाधिकारीलाई सुनाए।

‘युट्युब हेरेर बनाएका काठका सामग्री झोलामै बोकेको थिए’, उनले भने, ‘बनाएका सामग्री सहकारीका पदाधिकारीलाई सामग्री देखाँदा सहकारीका पदाधिकारी निकै प्रभावित भए।’ युवा स्वरोजगार कोषको दुई लाख ५० हजार पाँच प्रतिशत ब्याज तिर्नेगरी कर्जा उनले प्राप्त गरे। ‘प्राप्त कर्जाको रकमबाट काष्ठकलाका सामग्री बनाउन औजार (आवश्यक टुल) र मेसिनको आवश्यकता थियो, त्यो खरिद गरेँ र बाँकी रकमबाट सामुदायिक वनबाट काठ खरिद गरेँ, त्यस पछि काष्ठकलाका सामग्री बनाउने र बेच्ने कार्यमा निरन्तर लाग्दै आएँ’ उनले भने।

महराले विशेषगरी विजयसालको काठ र बाँसबाट गिलास, जग, बोतल, अम्खोरा, कचौरा, फुलदानी, मसलादानी बनाउने गर्नुहुन्छ। खर्च कटाएर महिनामा उनले ३० देखि ४५ हजारको हाराहारीमा आम्दानी गर्छन्। काष्ठकालाकै कार्यबाट दुईजना दम्पती, दुई छोराछोरी र आमाबुबा गरी छ जनाको परिवारको खर्च चल्दै आएको छ।

कर्जा लिएको रकममध्येको रु ६० हजार किस्ताको रकम उनले तिरिसकेका छन्। प्रत्येक महिनाको किस्ता समयमै बुझाउने भएकाले सहकारीको उनीप्रति विश्वास रहेको छ। सहकारीमै महराले ३० हजार जतिको रकम बचत गरेका छन्। उत्पादन गरिएका काष्ठ र बाँसका सामग्री कम्तीमा रु पाँच सय र बढीमा रु दुई हजारसम्ममा बिक्री हुने गरेका छन्।

पहिले उनले उत्पादन गरेका सामग्री काठमाडौँ, बुटवल, नेपालगञ्जसम्म पुर्याएर बेच्ने गर्थे। व्यापारीहरूले सामान लग्ने तर भुक्तानी समयै नदिने हुँदा अहिले महेन्द्रनगर, धनगढी, झलारीलगायत बजारमा उनले बेच्दै आएका छन्। ग्राहकका मागअनुसार सामग्री बनाउने भएकाले माग निकै बढी हुँदा काम गर्न भ्याइनभ्याई भएको उनी सुनाउँछन्। एक सामग्री उत्पादन गर्दा ३० प्रतिशत लागत खर्च लाग्ने गरेको छभने ७० प्रतिशतसम्म नाफा हुन्छ।

कार्य सिक्दै गर्दा कुरा सुनाउने उनका घरकै सदस्य र आफन्त अहिले काम गरेको देखेर छक्क पर्छन् । महराका श्रीमती स्थानीय निजी विद्यालयमा शिक्षिकाका रूपमा कार्यरत रहेका छन् । विद्यालय समयअघि र पछि उनी पनि काष्ठका सामग्रीमा रङरोगन गर्ने, पोलिस गरी चम्काउने कार्यमा साथ दिन्छन् ।

काष्ठकलाका कामले नै समाजमा पहिचान बनाएकाले पहिलेको जस्तो उत्पादित सामग्री खोज्दै हिँड्नुपर्ने अवस्था नरहेको उहाँ सुनाउँछन्। घरमै पुगेर व्यापारीहरूले सामग्रीको माग गर्छन् सोहीअनुसार उनले सामान तयार गरी दिन्छन्। व्यापारीले हाताहाती रकम दिने भएकाले बेच्ने झन्झट छैन। भविष्यमा यसलाई ठूलो उद्योगका रूपमा विस्तार गर्ने उनको सोच छ। त्यसका लागि अहिलेदेखि नै रकम बचत गर्न थालेको उनी बताउँछन्।

‘सँगैका साथी युरोप र कोरियातर्फ गए, स्वदेशमा बसेर गतिलो कमाई नै नहुने भएकाले जानका लागि निकै कर गरेका थिए’, उनले भने, ‘स्वदेशमै कार्य गरी सफल हुने मनै भित्रदेखिको इच्छा थियो, त्यसलाई पूरा गर्न लाागि परेँ, गतिलो कामाई छ, सबैले चिन्छन्, समाजमा बेग्लै पहिचान बनेको छ, विदेशमा गएका साथीहरूले पनि अहिले व्यवसायले गति लिन थालेको देखेर साझेदारका रूपमा राख्न कर गर्न थालेका छन्।’

स्वदेशमा नै लगनशील भएर काम गरे सफलता प्राप्त हुने भएकाले युवाहरूलाई विदेशको मुख ताक्नुभन्दा स्वदेशमै सीप सिकेर व्यवसाय सञ्चालन गर्न उनी सुझाव दिन्छन्। विद्यालय शिक्षामा व्यावसायिक हस्तकालाका सीपमा आधारित कार्यहरूलाई समावेश गरिनुपर्ने उनको भनाइ छ। सहकारीका कार्यकारी प्रमुख गणेशदत्त भट्ट र भक्तबहादुर पौरखी व्यवसायी भएकाले उहाँको कार्यप्रतिको लगाव देख्दा निकै प्रभावित भएको बताउँछन्। रासस

शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.