धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको नाउपा संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाबाट उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री रहेका रामेश्वर चौधरीलाई बिहीबार बर्खास्त गरेका थिए । चौधरीलाई बर्खास्त गरेपछि नाउपाले प्रदेश र संघ सरकारलाई दिएको समर्थन फिर्ता लिइ प्रतिपक्षमा बस्ने घोषणा गरेको छ ।













