धनगढी । दार्चुला भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
शुक्रबार जिल्लाको दुहुँ गाउँपालिका-२ हिकिला बस्ने ५८ वर्षीय आनसिंह बडालको भीरबाट लडेर मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
बडालको घर नजिकै रहेको जंगलमा बाख्रा चराउने क्रममा मुस्कुट्टे भन्ने भीरबाट लडी घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।















