बाजुरा । बाजुरामा पुलबाट लडेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाजुरा, बुढीनन्दा १ पारतोला बस्ने गणेश भण्डारीको छोरा वर्ष १२ को बिशाल भण्डारी रहेका छन् ।
शुक्रबार घरबाट नुहाउन जान्छु भनि गएकोमा भारती कसैडी र जगन्नाथ १ पिलुचौरको सिमाना भएर बग्ने बड्डीगाड खोलाको बेलिब्रिज पुलबाट लडी घाईते भई उपचारको लागी आफन्तले कोल्टी अस्पताल बुढीनन्दा बाजुरामा ल्याई चिकित्सकले चेकजाँच गर्दा उनलाई मृत घोषणा गरेको प्रहरी जनाएको छ ।













