काठमाण्डौं । राष्ट्रिय कलाकार बावा पाख्रिनलगायत सयौं जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पर्सा–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन् ।













