धनगढी । कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको धनगढी उपमहानगरपालिका-३ स्वस्तिक अस्पताल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु ६१ हजार ५ सय बराबरको सामान बरामद गरिएको प्रहरीले जनएको छ ।
उक्त मूल्यको बिडी, सुर्ती, सुटपिस, कुर्ता सुरवाल, प्लाष्टिक झोला लगायतका सामान अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।













