धनगढी । नेपाल पत्रकार महासंघ कैलाली शाखाले मानसिक रोग सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको छ । सामाजिक विकास मन्त्रालयको सहयोगमा महासंघले आज धनगढीमा मानसिक रोग सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको हो ।
कार्यक्रममा वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रामप्रसाद लामिछानेले मानसिक रोगका समस्या,लक्षण तथा उपचार विधिका बारेमा प्रस्तुतिकरण गरेका थिए ।
उनले मानसिक रोगको कारण रक्सी,ड्रग्स पनि भएको बताउँदै यसले समेत मानसिक समस्या ल्याउने बताए । उनले विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार प्रति चार जनामा एक जनामा मानसिक रोग हुने गरेको बताए ।
यो रोग बालकदेखि बृद्धसम्म सबैमा हुने उनले बताए । मानसिक समस्या कम गर्न तनाव व्यवस्थापन,खानपानमा सुधार,जीवनशैलीमा सुधार आवश्यक हुने बताए । नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव तेजराज भट्टले गरेका थिए । कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।













