धनगढी । स्वास्थ्य शिक्षा सम्बन्धी जनचेतनामुलक मिडिया संवाद कार्यक्रम गरिएको छ ।
सामाजिक विकास मन्त्रालयको सहयोगमा सरल मिडिया प्रालिले आज धनगढीमा मिडिया संवाद कार्यक्रम गरेको हो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय कैलालीका जनस्वास्थ्य निरीक्षक विमला ज्ञवालीले किटजन्य रोगका बारेमा प्रस्तुतिकरण गरेकी थिइन् ।
उनले डेंगु,कालाजार र स्क्रव टाइफस रोगका लक्षण सर्ने तरिका,निदानका उपायलगायतका बारेमा जानकारी गराएकी थिइन् । उनले यस्ता रोगबाट बच्न जनचेतना फैलाउन आवश्यक भभएको बताइन् ।
उनले डेंगु लामखुट्टे टोकाइ,कालाजार भुसुनाको टोकाइ र स्क्रव टाइफस किर्नाबाट सर्ने रोग भएको बताइन् । कार्यक्रम सरल मिया प्रालिका अध्यक्ष खेम ढुंगानाको अध्यक्षतामा भएको थियो ।













