धनगढी । कैलालीमा अवैध भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको गोदावरी नगरपालिका–८ स्याउले बस्ने २६ वर्षीय राजु चौधरी र सोही ठाउँका २३ वर्षीय चन्द्रबहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
शुक्रबार विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती र प्रहरी बिट स्याउलेबाट खटिगएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्रउ गरेको प्रहरीले जनाएको छ ।
राजु चौधरीको घर खान तलासी गर्दा घर भित्र लुकाइछिपाइ राखेको एक नाल भरुवा बन्दुक,चित्तलको सिङ,चित्तलको खुट्टाको आधा भाग र चन्द्रबहादुरको घर खान तलासी गर्दा घर भित्र लुकाइछिपाइ राखेको एक नाल भरुवा बन्दुक फेलापारी उक्त भरुवा बन्दुकसहित दुबै जनालाई नियन्त्रणमा लिएको जनाइएको छ ।
नियन्त्रणमा लिएका निज दुबै जनालाई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय मालाखेतीको हिरासत राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।













