• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज २३, २०८३
☰
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ६. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ७. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ८. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ९. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • १०. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

मूर्तिमा जीवन भर्ने प्रेमको सङ्घर्ष

  •   शुक्रबार, साउन ०९, २०८२ मा प्रकाशित

कञ्चनपुर । बेदकोट नगरपालिका–३ दैजीका ५७ वर्षीय प्रेम टमटा मूर्तिकारका रूपमा सुदूरपश्चिममै चिनिन्छन् । दुई दशकभन्दा बढी समयदेखि उनले तामा, पित्तल, काठ, सिमेन्ट र ढुङ्गा प्रयोग गरी सैकडौँ मूर्ति बनाइसकेका छन् ।

उनलाई अधिकांशले प्रेम मूर्तिकार भनेर चिन्ने गर्छन् । सीप, परिश्रम र प्रतिबद्धताले उनको जीवन हिजोको गरिबीबाट आजको सम्मानसम्म ल्याएको छ ।

तर सुविधाको कमीले उनको सृजनात्मक उचाइ अझै थुनिएको छ । बिहानै मोटरसाइकल चढेर मूर्ति बनाउन जाने र साँझ अबेर फर्कने उनको दिनचर्या रहेको छ । श्रीमतीसहित दुवै जना मिलेर एकसाथ यो कार्यमा संलग्न छन् ।

उनले बनाएका मूर्तिमा शिव, पार्वती, नन्दी, हनुमान, कालिका, हात्ती, बाह्रसिङ्गा, सहिदका सालिकलगायत छन् । एक मूर्ति बनाउनका लागि १० देखि २५ दिनसम्म लाग्ने गरेको उनी बताउँछन् ।

प्रेमले भने, “मूर्तिअनुसार पारिश्रमिक लिन्छु, सामान्य मूर्तिका लागि कम र श्रम बढी लागेको मूर्ति बनाउँदा बढी रकम लिन्छु, तर काम निरन्तर नपाइँदा थोरै कमाइ भएका बेला परिवारको खर्च धान्न मुस्किल हुन्छ ।”

उनको वार्षिक आम्दानी करिब रु पाँच लाख जति छ । यो आम्दानीबाट उनले दैजीमा दुई कठ्ठा जमिन किनेर पक्की घर बनाइसकेका छन् । परिवारमा दुई छोरा, एक छोरी, श्रीमती र दुई नाति गरी सात जना छन् । छोराछोरीको विवाह पनि त्यही आम्दानीबाट गरेका हुन् ।

तर सबै कुरा सहज छैन । उनले हालसम्म आर्थिक अभावले पित्तल र अन्य धातु पगाल्ने मेसिन, रङरोगन गर्ने उपकरण खरिद गर्न सकेका छैनन्न । मूर्ति बनाउँदा पाएको पारिश्रमिक घर खर्चमै सकिने भएकाले उनले मेसिन खरिद गर्न नपाएका हुन् । उनी अहिले पनि सबै मूर्ति हातैले बनाउँछन् । पित्तल पगाल्ने, रङरोगन गर्ने विद्युत् मेसिन नहुँदा समय र श्रम बढी लाग्ने उनी बताउँछन् ।

हातैले मूर्ति बनाउन धेरै समय र मेहनत लाग्छ । मेसिनले काम सजिलो र गुणस्तरीय बनाउन सहयोग पुर्याउने प्रेम बताउँछन् । नगरपालिकालाई मेसिन अनुदानमा उपलब्ध गराउन आग्रह गरिरहँदा पनि अहिलेसम्म सहयोग नपाएको उनको गुनासो छ ।

उनको इच्छा छ, मेसिन पाएमा इच्छुक युवाहरूलाई निःशुल्क मूर्ति बनाउने कला सिकाउने । “हातैले काम गर्न युवाहरू इच्छुक छैनन्”, उनले भने, “यदि मेसिन भए काम सिकाउन सजिलो हुन्थ्यो र युवा स्वरोजगारमा लाग्ने थिए ।” उनका छोरा पनि मूर्तिकार बन्न चाहन्थे, मेसिन नहुँदा हातैले काम गर्न इच्छुक भएनन्, त्यही भएर हाल भारतमा मजदुरी गर्दैछन् ।

प्रेमले मूर्ति बनाउने कार्यमा वर्षमा २० जना जति श्रमिकलाई काम दिने गरेका छन् । मेसिन पाए त्यो सङ्ख्या झन् बढ्ने उनी बताउँछन् । मूर्ति बनाउने क्रममा स्थानीय युवालाई रोजगारी दिन पाएकामा भने उनी खुसी व्यक्त गर्छन् । उनले नेपालका विभिन्न ठाउँ अछाम, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र काठमाडौँसम्म गएर मूर्ति बनाएका छन् ।

युवावस्थामा घरमा काम नहुँदा प्रेम डडेल्धुराको डुँगरी गाउँबाट कसैलाई नभनी भारतको राजस्थान पुगेका टमटा त्यहाँ १६ वर्षसम्म मूर्ति बनाउने कारिगरसँग मजदुरका रूपमा काम गर्दै सीप सिकेर फर्किका हुन् । “सुरूमा गाली खाँदै काम गरेँ, ढुङ्गा काँधमा बोकेर कारिगरको पछिपछि हिँडे”, उनी सम्झन्छन्, “तर पछि आफैँ मूर्ति बनाउन सक्षम भएँ, यतिबेला भने स्वदेश फर्केर आफ्नै पहिचान बनाउने हुटहुटी लागेपछि घर फिर्ता भएँ ।”

भारतबाट फर्किएपछि उनले गाउँमै मूर्तिकला सुरू गरे । अहिले उनी शिव, पार्वती, हनुमान, नन्दी, कालिका, हात्ती, बाह्रसिङ्गा, सहिद सालिक, काठका धार्मिक स्तम्भजस्ता मूर्तिहरू बनाउँछन् । कैलालीको धार्मिक क्षेत्र गोदावरीमा रहेको विशाल हनुमानको मूर्ति उनकै निर्माण हो । जुन बनाउन पूरा एक वर्ष लागेको थियो ।

प्रेमले बनाएका मूर्तिले दर्जनौँ मन्दिरको शोभा बढाइरहेका छन् । “सीप छ, मेहनत छ, तर राज्यको सहकार्य र प्रविधिको अभावले हामी अझै अघि बढ्न सकिरहेका छैनौँ”, उनी भन्छन् । दलित समुदायको व्यक्ति भएकाले आफैँले बनाएका मूर्तिको पूजा गर्न मन्दिर जान नपाउँदा भने उनी असन्तुष्टि पोख्नुहुन्छ ।

प्रेमकी श्रीमती लक्ष्मीले भनिन्, “हामीले बनाएको मूर्ति मन्दिरमा पूजा हुन्छ, तर हामीलाई त्यहाँ जान दिइँदैन, यो अपमान हो ।” छुवाछूतको यो व्यवहारले सामाजिक सद्भावलाई पनि चोट पुर्याएको उनी बताउँछन् । रासस

शुक्रबार, साउन ०९, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद
पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण
कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुरमा भन्सार छलीको तोरीसहित एक जना पक्राउ

समाचार

सबै

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको

  • ६.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.