धनगढी । धनगढी उपमहानगरपालिका-६ मटियारीमा रहेकाे निजी विद्यालय ब्राेड बेस्ड एकेडेमीले धार्मिक तथा पर्यटकीय स्थलमा वृक्षराेपण कार्यक्रम गरेकाे छ।
आज विद्यालयले धनगढी उपमहानगरपालिका-११ मा रहेकाे बेलादेवीपुर धाममा एक कार्यक्रमका बीच वृक्षराेपण गरेकाे हाे ।
धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकलाकुमारेर रानाद्वारा उद्घाटन गरिएको पर्यटन विकासका लागि डुङ्गा संचालन समाराेहका बीच विद्यालयलका शिक्षक,कर्मचारी र विद्यार्थीकाे सहभागीतामा वृक्षराेपण गरिएकाे हाे ।
विद्यार्थीकाे सीप विकासका लागि पढाइका साथ साथै अतिरिक्त कृयाकलापमा समेत सकृय सहभागिता गराउने गरेकाे विद्यालयका संचालक रमेश विकले जानकारी दिए ।
उनले भने ‘हाम्रो विद्यालयले सार्वजनिक सम्पति र समाज प्रति विद्यार्थीकाे भूमिकाबारे जानकारी गराउने उदेश्यले विद्यालयले सार्वजनिक क्षेत्रमा सरसफाइ र वृक्षराेपण जस्ता थुप्रै कार्यक्रम गर्दै आएकाे छ ।’
उनले भने ‘यस विद्यालयका विद्यार्थीले बाटाे सरसफाइ ,मन्दिर परिसर सरसफाइ र वृक्षराेपण जस्ता कार्यहरू गर्दै आएकाे छ।’

















