धनगढी । कैलालीमा आगलागी हुँदा एक लाख बढीको सामान जलेर नष्ट भएको छ । आज राती साढे १२ बजेको समयमा कैलालीको जोशीपुर १ लक्कडमण्डी बस्ने बर्ष ४८ को धन बहादुर बोहराको घर नजिकै रहेको गाई गोठमा आगलागी हुँदा सो मुल्यको सामान जलेर नष्ट भएको हो ।
मच्छर भगाउनको लागी बालेको आगोबाट आगलागी हुँदा गोठ भित्र रहेका २ वटा बोका मध्ये १ बोका जलेर मृत्यू भएको, अक्रो बोका र गाई जलेर घाईते भएको प्रहरीले जनाएको छ । गोठ पुर्ण रुपमा जलेर नष्ट भएको छ ।













