• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, साउन १४, २०८३
☰
बिहिबार, साउन १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

समयमा रकम नआउनाले बीमा सेवामा समस्या

  •   मङ्गलबार, साउन १३, २०८२ मा प्रकाशित

कैलाली । सेती प्रादेशिक अस्पतालमा स्रोत भर्नाको रकम समयमा नआउनाले बीमा सेवामा समस्या हुन थालेको छ । स्रोत भर्नाको रकम १२ करोड ७५ लाख ५० हजार ९९५ रुपैयाँ समयमा नआउदा बीमा सेवामा समस्या हुन थालेको हो ।

सेती प्रादेशिक अस्पतालले आर्थिक बर्ष २०८१।०८२ मा स्वास्थ्य मन्त्रालय र स्वास्थ्य बीमा बोर्डलाई मागदावी गरेको रकम १९ करोड ५९ लाख ८० हजार ९४३ भएपनि ६ करोड ८४ लाख २९ हजार ९४८ रुपैयाँ मात्रै आएको अस्पतालका सूचना अधिकारी किशोरप्रसाद श्रेष्ठले निशाना न्युजलाई जानकारी दिए ।

१२ करोड बढी रकम अपुग हुँदा सेवाग्राहीलाई औषधी अपुग हुने गरेको उनले बताए । ‘बीमाको नियम अनुसार सेवाग्राहीलाई ३ महिनाको लागि औषधी उपलब्ध गराउने हो’ उनले भने ‘रकम अभावका कारण घटाएर एक महिनाको मात्र दिने गरेका छौँ ।’ समयमै भुक्तानी आएन भने बीमा सेवामा समस्या हुने उनले बताए ।

स्वास्थ्य बीमापछि सेवाग्राही बढे

नेपाल सरकारले २०७२ श्रावण १ गतेवाट स्वास्थ्य बीमाको सुरुवात गरेपछि सेती प्रादेशिक अस्पतालमा सेवाग्राही संख्या बढेको उनले बताए । आर्थिक वर्ष २०८०।८१ मा स्वास्थ्य बीमा गराएका ६० हजार ९७७ जना व्यक्तिले अस्पतालमा सेवा लिएको उनले बताए । त्यस्तै,२०८१।०८२ मा ८२ हजार ११० जनाले सेवा लिएको सेती प्रादेशिक अस्पतालको तथ्यांकमा उल्लेख छ ।

उनले भने ‘सेवाग्राही बढेका छन् ।आर्थिक वर्ष २०८०।८१ मा भन्दा २०८१।०८२ मा २० हजार बढीले सेवा लिएको देखिन्छ ।’ दैनिक ६ सय जना अस्पतालमा सेवा लिन आउने गरेको उनले बताए ।

बीमामा आवद्ध भएका सुदूरपश्चिमका ९ वटै जिल्लाबाट रेफर भएर आएका बिरामी पनि यहाँ आउने गरेको उनले बताए । अस्पतालमा विशेषज्ञ ,विशिष्टकृत, एमआरआई,सिटीस्क्यान,ल्याव,इको लगायत अप्रेसन सेवा उपलब्ध रहेको उनले बताए । बिमामा आबद्ध भएका व्यक्तिहरुबाट सेवामा लाग्ने रकमको १० प्रतिशतमात्र सेवा शुल्क लिने गरिएको उनले बताए ।

हाल सम्म स्वास्थ्य बिमा गराएका सेवा ग्राहीका लागी अस्पतालले एक हजार २८९ ईन्जेक्सन तथा मेडिसियनका औषधी र २५ प्रकारका सर्जिकल सम्बन्धिका औषधी उपलब्ध गराउदै आएको उनको भनाइ छ ।

मुटुरोग,क्यान्सर, मृर्गौला ,स्पाईनल,कर्डईन्जोइरी,हेड ईन्जोइरी,सिकलसेल,पार्किङसुनिजम,अल्जाइमर रोग लागेकाहरुका लागि बीमाबाट रोगको सिफारिसको आधारमा थप दुई लाख बराबरको उपचार सेवा उपलब्ध गराइने गरेको उनले बताए ।

मङ्गलबार, साउन १३, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला
धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

समाचार

सबै

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.