धनगढी । बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको बुढीनन्दा नगरपालिका–१ जमसाल बस्ने ६१ वर्षीय मनिचन्द्र खत्रीको भीरबाट लडेर मृत्यु प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसारखत्री घाँस काट्न टालेबिस्न लेकमा गएकोमा साँझसम्म घर नआएकोले आफन्तले खोजतलास गर्दै जाँदा माङ्लेगौडा भीरबाट अन्दाजी १ सय मिटर तल खसेर घाईते अवस्थामा फेला परेका थिए।
खत्रीलाई उपचारको लागि कोल्टी अस्पताल पु¥याएपछि चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जनाइएको छ।













