धनगढी । जेष्ठ नागरिक कार्यकारिणी समितिले निर्माण गरेको सरस्वती मन्दिरको आय व्यय प्रस्तुत गरिएको छ ।
धनगढी १३ कैलाली गाँउ स्थित जन्ता राष्ट्रिय माध्यामिक बिद्यालयको हताभित्र निर्माण गरिएको सो मन्दिरको जेष्ठ नागरिक कार्यकारिणी समितिको बैठकले बुधबार आयव्यय प्रस्तुत गरेको हो ।
बिभिन्न शिर्षकबाट आम्दानी ६ लाख ३२ हजार ७४८ भएको र मन्दिर निर्माणमा ६ लाख १० हजार ६३१ रुपैया खर्च भएको जेष्ठ नागरिक कार्यकारिणी समितिका कोषाध्यक्ष लोक राज पाण्डेयले निशाना न्युजलाई जानकारी दिए ।
उनले बैंक मौज्दात २२ हजार ११७ रुपैया रहेको बताए । समितिका सदस्य प्रेम ठकुल्लाले जेष्ठनागरिक कार्यकारिणी समितिको बिधान निर्माण गरि समिति दर्ता गराउने समेतको निर्णय भएको बताए ।















