काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा लालवीर चौधरी सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा सम्पन्न नाउपाको राष्ट्रिय भेलाले चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
यसअघि भेलाले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गर्ने निर्णय गरेको थियो। पोखरा निवासी शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष बनाएपछि संरक्षक रेशम चौधरी असन्तुष्ट बनेका थिए ।
त्यसलगत्तै बहुमत संस्थापक सदस्यको बैठक बोलाएर रञ्जितालाई २४ घन्टे स्पष्टीकरण सोधिएको थियो । श्रेष्ठले स्पष्टीकरण पेस नगरेपछि अनुशासन समितिले राष्ट्रिय भेलामा कारबाहीका लागि प्रस्ताव पेस गरेको थियो। बुधाबर भेलाको पहिलो बैठकले अध्यक्ष श्रेष्ठलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्ने निर्णय गरेको थियो।















