धनगढी । कैलालीमा एक जना फरार प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्लाको जानकी गाउँपालिका-९ बस्ने ३८ वर्षीय उदय भुल रहेको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत कैलालीको फैसलाले बैङकिङ कसुर मुद्दामा ८ लाख जरिवाना तोकिएपछि फरार रहेका भुललाई बिहीबार पक्राउ गरिएको जनाइएको छ ।
भुललाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।













